
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभीड- १९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. जागेश्वर गौतमलगायत चार जनाको सरूवा रोकेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीस्तरीय निर्णय गर्दै उनीहरूको सरुवा गरेकामा देउवाले तत्कालका लागि त्यसमा रोक लगाएका हुन् । श्रेष्ठले राज्यमन्त्रीस्तरीय निर्णय गर्दै गौतमलाई स्त्री रोग अस्पताल थापाथलीमा सरूवा गरी ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई कोभिड युनिफाइड अस्पतालमा पठाएका थिए ।
श्रेष्ठले स्वास्थ्य समन्वय महाशाखामा डा. विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा. रिता भण्डारीलाई सरुवा गरेका थिए । देउवाले उक्त सरुवा तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको मन्त्रालय स्रोतले जानकारी दियो ।








