
सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ नियुक्त गरेको हो । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादव र गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेका हुन् ।








