समाचार

एमाले नेता श्रेष्ठलाई पितृ शोक

संवाददाता

हेटौंडा \  ओली पक्षका नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठलाई पितृ शोक परेको छ । उहाँका ७० वर्षिय पिता भीमलाल श्रेष्ठको उपचारको क्रममा निधन भएको हो ।

निमोनियनका कारण १५ दिनदेखि भरतपुर अस्पतालमा उपचार गराइरहनु भएका भीमलालको मंगलबार बिहान निधन भएको अस्पताल स्रोतले जनाएको छ । श्रेष्ठ हेटौंडा वडा नम्बर–१ चौकिटोल निवासी थिए ।