
सिधाखबर खबरबाकस \ मकवानपुरगढी नेकपा एमाले मकवानपुरगढी गाउँकमिटी सचिवालय बैठकले पार्टीलाई फुट तर्फ नभै एक ढिक्का बनाएर लैजाने निणर्य गरेको छ । मक्रान्चुलीमा शनिबार भएको नेकपा एमाले मकवानपुरगढी गाउँ कमिटीले सो निर्णय गरेको हो । पार्टीका संयोजक तेज प्रसाद लम्सालको अध्यक्षतामा बसेको बैठकमा एमालेका दुबै पक्ष(ओली र नेपाल) का नेताहरुको सहभागिता रहेको थियो ।
केन्द्रीय कमिटीले २०७५ जेष्ठ २ गते अघिको कमिटीलाई आधिकारीक मानेर अरु कमिटीहरुलाई निष्क्रिय पार्ने निणर्य गरे संगै बैठक बसेको सचिवालय सह संयोजक एवम् गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले बताउनुभयो । स्थानीय कमिटीहरुको यो निणर्यले कार्यकर्तामा आशा जगाएको छ भने नेतृत्वलाई दबाब दिएको छ । नेपाल पक्षका नेता गाउँपालिकाका अध्यक्ष समेत रहेका हुमागाईको पहलमा बसेको संयुक्त बैठकले एक ढिक्का भएर अघि बढ्नुपर्ने निर्णय गरेको हो ।
नेकपा एमाले सत्तामा हुँदा नेताहरुमा देखिएको असन्तुष्टि सरकार बाहिर आए पछि पार्टी भित्र गम्भिर समिक्षा सुरु भएको छ । पार्टी केन्द्रमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधबकुमार नेपाल बिच बिगतका तिक्ततालाई भुलेर पार्टीलाई शसक्त बनाउन पहल सुरु भईरहेका बेला बैठकले नेतृत्वलाई सन्देश दिएको एमाले जिल्ला कमिटी उपाध्यक्ष बद्रि लम्सालले बताउनु भयो ।
बैठकमा दुबै पक्षका नेताहरु बद्रि प्रसाद लम्साल, तेज प्रसाद लम्साल, बिदुर हुमागाई , रामजी सापकोटा , हरि प्रसाद अधिकारी, हर्कमाया रुम्बा , प्रितम राम रुम्बा, मेम्बर लो, टिका प्रसाद दाहाल, भागवत घिमिरे चन्द्रबहादुर योन्जन, रमिला घलान, रोमनाथ रेग्मी, एक्क बहादुर गोले, जुलाफ सिंह रुम्बा, निर्मला लम्साल, शारदा तिमल्सीना, जित बहादुर घलान, बद्रि देवकोटा, रामप्रसाद तिमल्सीना, उमेश अधिकारी, लगायतको बैठकमा सहभागिता थियो ।








