समाचार

ओझा परिवारद्धारा एम्बुलेन्स संचालन अक्षय कोषको लागी नगद सहयोग

संवाददाता

हेटौंडा \  सामुदायिक सेवा केन्द्र मकवानपुरलाई हेटौडा ४ का ओझा परिवारले आफ्नो आमाको तिथि पारेर एम्बुलेन्स संचालन अक्षय कोषको लागी नगद सहयोग गरेका छन। स्वर्गीय पिता रेवती प्रसाद ओझा र स्वर्गीय माता दुर्गा देवी ओझाको स्मृतिमा नगद २५ हजार पाँच सय पचपन्न सहयोग गरेका हुन।

कोरोनाको यस महामारीमा केन्द्रले गरेको कार्य बाट प्रभावित भएर सहयोग गरेको कृष्ण हरी ओझाले बताउदै थप सहयोग गर्ने बताए। सो अवसरमा केन्द्र का अध्यक्ष राम बिष्टले कोरोनाको विषम परिस्थितिमा निःशुल्क रूपमा मकवानपुर बासीलाई एम्बुलेन्स सेवा दिएको जानकारी दिदै,यस्तै मनकारी सामाजिक उत्तरदायित्व बुझेकालेहरूले गर्दा केन्द्र लाई सेवा गर्न सहज भएको र अक्ष कोष अभियानमा जोडिन सम्पूर्णलाई आग्रह गरेका थिए। उक्त कार्यक्रम मा सामुदायिक का सदस्य अच्युत मिश्र, नबराज कोइराला, ओझा परिवार लगाएतको उपस्थिति रहेको थियो।