समाचार

३५ परिवारलाई खाद्यान्न वितरण

संवाददाता

 खबरबाकस \ हेटौंडामा खाद्यान्न वितरण गरिएको छ । हेटौंडा वडा नम्बर १६ को विकटक्षेत्र साजवोटेमा आर्थिक स्तर कमजोर भएका ३५ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । हटियाका युवा सरोज कोइरालाको पहलमा योगदान राष्ट्रका लागि र डिएस ग्रुप अफ कम्पनीले ३५ घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको हो ।

योगदान राष्ट्रका लागि मकवानपुरका अध्यक्ष पुरुषोत्तम उप्रेतीको अध्यक्षता तथा वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख अतिथ्यतामा खाद्यान्न सहयोग गरिएको हो । कार्यक्रममा डिएस ग्रुपका प्रोपाइटर दुर्गा लामा, सहयोगी मन नेपालका अध्यक्ष केदार चौलागाई, नेपाली काँग्रेस जिल्ला सदस्य भीमबहादुर भोम्जन, जनप्रिय क्याम्पसका पूर्व अध्यक्ष मोहन बस्ताकोटी, नेवि संघका अध्यक्ष राजु खतिवडा, महेश ढकाल, सोमनाथ दंगाल, कृष्ण पनेरु, रमेश दंगाल, शंकर पनेरु लगायतको उपस्थिती रहेको थियो । प्रतिघर परिवारलाई चामल, दाल, नुन लगायतको खाद्यान्न सहयोग गरिएको थियो ।

No description available.