समाचार

वार्षिकोत्सवमा बटरकोल्ड स्टोर उद्घाटन

संवाददाता

दुग्ध विकास संस्थान हेटौंडाको ५३ औं वार्षिकोत्सव मनाइएको छ । वार्षिकोत्सवको अवसरमा संस्थानले बटर कोल्ड स्टोर उद्घाटन गरिएको छ । प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले स्टोरको उद्घाटन गरेका थिए ।

No description available.हेटौंडा दुग्ध वितरण आयोजनाका प्रमुख नरेश कुमार जोशीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटा, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, व्यवस्थापक कुमारमणि दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष मणिराज गौतमलगायतको सहभागिता रहेको छ ।