
सर्वोच्च अदालतले सोमबार गरेको प्रतिनिधि सभा विघटन बदर, संसद पुर्नस्थापना, देउवालाई दिइएको परमादेशको विरोधमा हेटौंडामा विरोध प्रदर्शन भएको छ । ओली निकटका जनवर्गिय संगठनहरुले प्रदेश राजधानी हेटौंडाको बुद्धचोकमा विरोध जनाउदैं नारा लगाएर विरोध प्रदर्शन गरेका हुन् ।
निर्दलीय व्यवस्था चाहिँदैन लोकतन्त्र मास्न पाइदैन ।, संवैधानिक सर्वाेच्चता कायम गर, प्रतिगामी फैसला मुर्दावाद, केपि ओलि आइलभ यु भन्दै युवाहरुले नारा लगाएका थिए । युवा संघ, अनेरास्ववियु, महिला संघ, खेलकुद महासंघ लगायतका संगठनको सहभागिता रहेको थियो ।








