समाचार

लागुऔषध नाईट्रोभेट सहित चार युवा पक्राउ

संवाददाता

हेटौंडा \ हेटौंडामा लागुऔषध नाईट्रोभेट ल्याउदै गरेका र बेच्दै गरेका ४ युवालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक सोरुप छिरिङ तामाङको नेतृत्व रहेको चेकिङ्ग टोलीले  विरगंजबाट हेटौडा तर्फ आउदै गरेको बा ९५ प ७९३२ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक  चितवन कालिका- १ जुटपानि बस्ने २३ बर्षीय रविन  विक लाई  नाईट्रोभेट ट्याबलेट १४९६ पिस सहित मोटरसाइकल सवार कालिका- ७ बस्ने बर्ष २२ का अर्जुन श्रेष्ठलाई पक्राउ गरेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन् ।

त्यसैगरी प्रहरी चौकी भुटनदेवीबाट प्रहरी हवल्दार डिल्लिराम शिवाकोटीको नेतृत्वको गएको टोलीले हेटौंडा- मेनरोडमा लागु औषध बेचबिखन भइरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागुऔषध नाईट्रोभेट १ सय ५० ट्याब्लेट  सहित हेटौंडा-१० का  २३ को बिवेक न्यौपाने,हेटौंडा उपमहानगरपालिका - ५ का १९ बर्षीय एडी चौधरी,काभ्रे नमोबुद्ध नगरपालिका घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नं. ४ बस्ने बर्ष २० को सुरज लामा र सिन्धुली मरिन गाउँपालिका घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नं.१५ बस्ने बर्ष २३ को बिशाल कुमार वाईवालाई पक्राउ गरेको मकवानपुर  प्रहरीले जनाएको छ। पक्राउ परेका माथि आवश्यक अनुसन्धान भइरहेको निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दासले बताएका छन्।‌