
हेटौंडा \ हेटौडा–६ चौघडा न्युरेनीमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले ९९औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गरेको छ। संस्थाले आर्थिक वर्ष ०७७।०७८ को समीक्षा एवम आगामी आर्थिक वर्ष ०७८।०७९ को बजेट तथा कार्ययोजनाको बारेमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको हो।
अन्तरक्रिया कार्यक्रममा बजेट तथा कार्ययोजना निर्माण समितिका संयोजक एवम संस्थाका कोषाध्यक्ष चेतनाथ खतिवडाले २०७७।०७८ र आगामी आर्थिक वर्ष २०७८।०७९ को बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७७।०७८ मा शेयर पूजी १ करोड ७५ लाख बचत १५ करोड ७० लाख ऋण लगानी ३ करोड २१ लाख रहेको जानकारी दिइएको छ ।
यो पूँजीलाई विस्तार गरी आर्थिक वर्ष २०७८।०७९ मा शेयर पूँजी २ करोड र ऋण लगानी १६ करोड पु¥याउने लक्ष्य रहेको बताए ।कार्यक्रममा सहभागीहरुले सदस्य सेवा कार्यक्रम,आयआर्जन कार्यक्रम, सहकारी संस्था एकीकरण, महिला सहभागी कार्यक्रम र कोभिडका कारण समस्यामा परेका सदस्यहरुको हितमा कार्यक्रम बनाउन आग्रह गरेका थिए ।
अन्तरक्रियामा सहकारीका संस्थापक अध्यक्ष बासुदेव अधिकारी, निवर्तमान अध्यक्ष रघुप्रसाद आचार्य, सल्लाहकार बद्री बहादुर पाठक, गणेश कुमार श्रेष्ठ, संस्थाका सञ्चालक समितिका पदाधिकारी,लेखा समिति, कर्मचारी, सञ्चारकर्मी र शेयर सदस्यहरुको सहभागिता थियो । संस्थामा २ हजार ५ सय ५५ जना शेयर सदस्यहरु आवद्ध रहेका छन्।








