
हेटौंडा \ नवोदय साहित्यिक बगैँचा बाल क्लवको आयोजनामा एकदिने मुक्तक प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । भर्चुअल प्रविधिबाट भएको प्रशिक्षण कार्यक्रममा हेटौंडा क्याम्पसका नेपाली विषय प्राध्यापक मनोज पोखरेलले सहजीकरण गरेका थिए ।
कार्यक्रममा कक्षा ६ देखि १० सम्मका करिव १०० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । विद्यार्थीमाझ मुक्तक लेखन सीपको विकास गराउनुको साथै मुक्तकप्रति रुची राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको नवोदय विद्यालयका नेपाली विषयका शिक्षक उपेन्द्रराना मगरले जानकारी दिए ।
कार्यक्रममा नेपाली विषयका शिक्षक रोशन चौलागाई, उपेन्द्रराना मगर, कल्पना निरौला, भवानी सापकोटालगायतको आतिथ्यता रहेको थियो । नवोदय साहित्यिक बगैँचा बाल क्लवका सदस्य तथा कार्यक्रम संयोजक स्तुती गुरागाईँको अध्यक्षतामा कार्यक्रम भएको हो ।








