
हेटौंडा \ युरोपका विभन्नि शहरहरुमा जारी १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबारराति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुङ्गो लागेको हो । गएराति भएको खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।
यस्तै गएरातिनै भएको अर्काे खेलमा तीन पटकको च्याम्पियन जर्मनीलाई २–० गोल अन्तरले पराजित गर्दै इङ्ग्ल्यान्ड अन्तिम आठमा पुगेको छ । यस पटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इङ्ग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन् ।
तर, साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता ठुला टिम राउण्ड अफ १६ बाटै बाहिरिएका छन् । युरोकपको क्वाटरफाइनलका खेलहरु शुक्रबारबाट सुरु हुनेछन् ।
क्वाटरफाइनल समीकरण :
शुक्रबार राति ९:४५ बजे - स्विट्जरल्यान्डविरुद्ध स्पेन
शुक्रबार राति १२:४५ बजे - बेल्जियमविरुद्ध इटाली
शनिबार राति ९:४५ बजे - चेक रिपब्लिकविरुद्ध डेनमार्क
शनिबार राति १२:४५ बजे - युक्रेनविरुद्ध इंग्ल्यान्ड








