समाचार

करेन्ट लागेर मोक्तानको मृत्यु

संवाददाता

हेटौंडा \  हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ चुच्चेपानीमा करेन्ट लागेर गम्भीर घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

शनिबार दिउँसो हेटौडा १३ चुच्चेपानी स्थित आफ्नै घरमा रहेको बिजुलिको बक्स खोल्ने क्रममा करेन्ट लाग्दा ४२ राजकुमार मोक्तान गम्भीर घाइते भएका थिए । गम्भीर घाइते मोक्तानको हेटौंडा ११ मा रहेको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन् ।