
मोवाईल मर्मत तथा विक्रि गरिने हेटौंडाको द सिलिकन सोलुसनले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार मामाघर नेपाललाई सहयोग गरेको छ । सोलुसनमा सञ्चालक छतेन्द्र आचार्यले व्यवसाय सँग सँगै सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग गरिएको बताए ।
सोलुसनमा मामाघर नेपाललाई सहयोगार्थ बाकसमा संकलित रकम र सोलुसनको तर्फबाट थप रकम सहित २३ हजार ६२० नगद सहयोग गरेको सञ्चालक आचार्यले बताए । बाकसमा संकलित १३ हजार ६२० र थप सोलुसनको तर्फबाट दश हजार गरी नगद मामाघर नेपालका संरक्षक अपर्ण पराजुलीलाई हस्तान्तरण गरिएको थियो ।

मोवाईल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरका अध्यक्ष दिनेश लामा, सञ्चालक आचार्य, संरक्षक पराजुली, म्यान मकवानपुरका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।








