
काठमाडौं \ राप्रपाबाट नेपाली कांग्रेस प्रवेश गरेका पूर्वमन्त्री सुनीलबहादुर थापाको समूहका ५५ जना महासमिति सदस्य बनेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयले सहमहामन्त्री सुनिलबहादुर थापासहित राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका केन्द्र र जिल्ला तहका ५५ नेताहरुलाई महासमिति सदस्यमा समायोजना गरेको हो ।
महासमिति सदस्यमा समायोजना हुनेमा रामकृष्ण भट्टराई, विष्णुबिक्रम थापा, बृजलाल यादव, बाबुराम बस्नेत, दिलिप राई, किरण गिरी, आशाराम चौधरी लगायतका नेता छन् ।








