चितवनमा आज एकैदिन १४ कोरोना संक्रमितको मृत्यु, २०४ जना संक्रमित थपिए
चितवन \ चितवनका विभिन्न अस्पतालमा विगत २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांक अनुसार भरतपुर अस्पतालमा ३ जना, चितवन मेडिकल कलेजमा ५ जना, पुरानो मेडिकल कलेजमा ३ जना, क्यान्सर अस्पतालमा २ जना र अन्य आइसोलेसन केन्द्रमा १ जनाको मृत्यु भएको हो ।
अहिले चितवनका विभिन्न अस्पतालमा ४२३ जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा २१५ जना, भेन्टिलेटरमा ६० जना, एचडीयूमा ३९ जना र जेनरल बेडमा १६९ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यसैगरी चितवनमा विगत २४ घण्टामा २०४ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये भरतपुर महानगरमा १४४, खैरहनीमा ३, माडीमा १३, रत्ननगरमा २०, राप्तीमा ९, कालिकामा १५ र इच्छाकामनामा २ जना रहेका छन् ।