चितवनमा पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु
चितवन \ पछिल्लो २४ घण्टामा चितवनमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । आज चितवनमा विगत २४ घण्टामा थप ९ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा १ जना, चितवन मेडिकल कलेजमा ३ जना, पुरानो मेडिकल कलेजमा ३ जना र अन्य अस्पतालमा २ जना गरि ९ जनाको मृत्यु भएको हो ।
अहिले चितवनका विभिन्न अस्पतालमा ५१८जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् । जसमध्ये २६५ जना आईसीयूमा, ६० जना भेन्टिलेटरमा, ८३ जना एचडीयू र १६१ जनाको सामान्य बेडमा उपचार भइरहेको छ । विगत २४ घण्टामा ५० जनाले कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालय जानकारी दिएको छ ।