चितवन मेडिकल कलेजमा ११ जनाको मृत्यु
चितवन \ पछिल्लो २४ घण्टामा चितवन मेडिकल कलेजमा ११ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । र मृतकहरुमा पाँच पुरुष र ६ महिला रहेका रहेको कलेजले जनाएको छ ।
विगत २४ घण्टामा १५ जना बिरामी डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।हाल चितवन मेडिकल कलेजमा १४८ आईसीयू र ३४ को भेन्टिलेटरमा उपचार भइरहेको छ । आजसम्म अस्पतालमा ११२ जनाको मृत्यु भएको छ भने ३५१ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।