चितवनमा नाघे दस हजार संक्रमित, ७१४५ जना डिस्चार्ज

संवाददाता
२८ बैशाख २०७८, मंगलवार १९:१०

चितवन \  चितवनमा मंगलबार थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार योसहित चितवनमा सक्रिय संक्रमितको संख्या २९०९ पुगेको छ । जसमध्ये २०० जना जिल्लाका विभिन्न अस्पतालमा उपचाररत छन् ।

चितवनमा कोरोना संक्रमितको कुल संख्या १० हजार नाघेको छ । हालसम्म दस हजार १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले बताइन् । संक्रमितमध्ये ७१४५ जना डिस्चार्ज भएका छन् । चितवनमा हालसम्म १४५ जनाको मृत्यु भएको छ ।

चितवनमा यतिबेला विभिन्न अस्पतालमा उपचाररत संक्रमितको संख्या ४३० पुगेको छ । जसमध्ये भरतपुर अस्पतालमा १३५ जना, चितवन मेडिकल कलेजमा १७७ जना, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा ८१ जना, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एक जना र अन्य निजी अस्पतालहरुमा ३५ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यसमा चितवनमा २०० जना उपचाररत छन् ।

यसैबीच, गत २४ घन्टामा चितवनमा १० जनाले ज्यान गुमाएका छन् । चितवन मेडिकल कलेजमा पाँच, भरतपुर अस्पतालमा तीन, पुरानो मेडिकल कलेजमा एक जना र भरतपुर महानगरको होम आइसोलेसनमा रहेका एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*