उद्योग संघद्धारा महासंघलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

संवाददाता
२६ बैशाख २०७८, आईतवार १८:४८

भरतपुर \ नेपाल पत्रकार महासंघ चितवन शाखालाई विभिन्न संघ संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ र लायन्स क्लब ईन्टरनेटशनल ३२५ बी टुले आज माक्स, सेनिटाईजर र फेससिल सहयोग गरेका हुन् । तीन वटै संस्थाले एक एक सय थान माक्स, सेनिटाईजर र फेससिल सहयोग गरेका छन् ।

उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष सहनलाल प्रधानले आज संघको कार्यालयमा आयोजित संक्षित कार्यक्रममा महासंघका अध्यक्ष नारायण अधिकारीलाई ती सामग्री हस्तान्तरण गर्नुभयो । सो अवसरमा संघका बरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष चिरञ्जीवि सुवेदी, सदस्यहरु सिरिष पन्त र विकास थापाको उपस्थिति थियो ।

महासंघका सल्लाहकार तिलक रिमाल र उपाध्यक्ष प्रकाशमणि ज्ञवाली कार्यक्रममा सहभागी हुनुभएको थियो । यस्तै उद्योग संघका अध्यक्ष राजु पौडेलले महासंघको टोलीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल लगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा महासंघका अध्यक्ष अधिकारीलाई संघका प्रेस सल्लाहकार नियुक्त गरिएको थियो । कार्यक्रममा महासंघलाई बधाई तथा शुभकामना समेत व्यक्त गरिएको छ । लायन्स क्लब ईन्टरनेशनल ३२५ बी २ का गभर्नर इलेक्ट रामप्रसाद भट्टले महासंघको टोलीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*