चितवनमा एकै दिन ३९२ जनामा संक्रमण पुष्टि

संवाददाता
२५ बैशाख २०७८, शनिबार १८:०६

चितवन \ चितवनमा आज शनिबार कोरोना भइरास संक्रमणको संख्या हालसम्मकै उच्च देखिएको छ । पछिल्लो २४ घण्टामा थप ३९२ जनामा कोरोना भइरासको संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसाार ८५६ जनाको स्वाब परीक्षण गर्दा ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ती मध्ये ३८१ जनाको पिसिआर पोजेटिभ देखिएको हो भने ११ जनाको एन्जीजिन परीक्षणबाट पोजेटिभ देखिएको हो ।

जसमा भरतपुर महानगरपालिकाका ३२०, रत्ननगरमा २९, खैरहनी नगरपालिकामा ११, राप्तीमा १२, माडीमा १४ र कालिकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै चितवनमा जम्मा संक्रमितको संख्या ९ हजार ४८४ जना पुगेको छ भने १३७ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ । चितवनका अस्पतालहरुमा १६४ जना र घरमा दुई हजार १४३ जना आइसोलेसनमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*