रोयल पेन्टसद्वारा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग
चितवन \ धुुर्मुुश सुुन्तली फाउन्डेशनद्वारा निर्माणाधिन गौतमबुुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला रंग रोगनका लागि भरतपुुरमा रहेको रोयल पेन्टस प्रा.लिले बिभिन्न किसिमका आफना उत्पादनहरु सहयोग गरेको छ । मंगलबार चितवनमा कार्यक्रमको आयोजना गर्दै सहयोग गरेको हो ।
कार्यक्रममा बोल्दै उद्योग संघ चितवनका अध्यक्ष राजुु पौडेलले चितवनमा बन्दै गरेको रंगशालाले चितवनको समग्र आर्थिक अवस्थामा ठुुुलो टेवा पुुग्ने बताए । सम्पुुर्ण नेपालीको शान गौतमबुुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले सम्पुुर्ण खेलप्रेमी नेपालीमा पुुनः एक पटक आशा पलाएको र धुुर्मुुश सुुन्तली फाउन्डेशनद्वारा निर्माणाधिन गौतमबुुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सँग सधैं हातिमालो गर्दै अघि बढ्न चाहेको बताउँदै रोयल पेन्टसका संचालक पर्मेश्वर भण्डारीले गौतमबुुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले आफ्ना उत्पादन प्रयोग गर्दैगर्दा आफुुहरुलाई थप उत्साह थपेको पनि बताए । नयाँ वर्षको शुुभकामना दिदैं उनले फाउन्डेसनद्वारा संचालित अन्य परियोजनामा समेत हातेमालो गर्न चाहेको पनि बताए ।
रोयल पेन्टसका बजार प्रर्वधक समेत रहेकीपुुर्व मिस नेपाल सन् २०१८ विजेता श्रृंखला खतिवडाले पनि रंगशाला निर्माण कार्यमा जुुट्नुु भएका धुुर्मुुश सुुन्तली फाउन्डेशनका सम्पुुर्ण टिमकोे प्रशंसा गर्दै रंगशाला निर्माण कार्यमा सदैव आफनो साथ र सहयोग रहने बताउदै आफुु बजार प्रर्वधक रहेको रोयल पेन्टसले गौतमबुुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला रंगिदै गर्दा खुुुसीको सिमा नै नरहेको बताइन् । कम्पनिका नेशनल सेल्स मेनेजर विक्रम खतिवडाले खुुसी बाढ्दा बढ्छ खुुसी भन्दै आगामी दिनहरुमा पनि उद्योगले यस्तै किसिमका सहयोगलाई जारी राख्दै आफना गुुणस्तरीय उत्पादनले सम्पुुर्ण नेपालीको मन जितेर अघि बढ्ने पनि बताए । कार्यक्रममा रोयल पेन्टसका डाईरेक्टरद्धय कृष्णराज भण्डारी र प्रकाश के.सी, चिरन्जिबी पाण्डेको समेत उपस्थिति रहेको थियो ।