बेहोस भेटिएका मकवानपुरगढीका घिमिरेको मृत्यु
हेटौंडा \ हेटौंडाको फरेष्टी गेट नजिक बेहोस भेटिएका एक पुरुषको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सोमबार बिहान ७ बजेको समयमा सडकपेटिमा बेहोस अवस्थामा भेटिएका मकवानपुरगढी गाउँपालिका ७ का अन्दाजी वर्ष ४० का ज्ञानेन्द्र घिमिरे रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
बेहोस फेला परेको अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरेपछी उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृतकको शरीरमा कुनै बाहिरी चोटपटक नदेखिएको र विष सेवन गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले बताए । उनको शव हेटौंडा अस्पतालमा पोस्टमार्टमको लागि राखिएको र थप आवश्यक अनुसन्धान भईरहेको रिमालले बताए ।