शिवरात्रीमा देवघाटका शिवालय खुल्ला

संवाददाता
२७ फाल्गुन २०७७, बिहीबार १३:५५

चितवन \ महाशिवरात्रीका दिन आज धार्मिक तिर्थस्थल देवघाटधामका शिवालयहरु खुलेका छन । कोरोना  भाइरस संक्रमणका कारण यसअघिका चाडपर्व र मेलामा रोक लगाइएको देवघाटमा शिवरात्रीमा भने खुल्ला गरिएको छ । देवघाट क्षेत्र विकास समितिले शिवरात्रीमा देवघाटका सबै शिवालयहरु खुल्ला रहने हुँदा स्नान र पूजा पाठका लागि आउन भक्तजनहरुलाई अनुरोध गरेको छ ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले देवघाटमा हरेक धार्मिक कृयाकलापहरु पुरानै अवस्थामा सूचारु भएकाले ढुक्क भएर दर्शनका लागि आउन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘कोरोनाका कारण बोलबम, माघेसंक्रान्ति लगायतका पर्व र मेलामा रोक लगाइएको थियो, अव नियमित अवस्थामा धार्मिक कृयाकलापहरु हुनेछन ।’ समितिले सुरक्षा, फोहोर मैला व्यवस्थापना लगायतका आवश्यक तयारी गरेको अधिकारीले बताउनुभयो ।

देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले कोभिड अघिको अवस्था जस्तै देवघाटमा धार्मिक कृयाकलापहरु सूचारु भइरहेको जानकारी दिनुभयो । उहाँले आफै सुरक्षा सावधानी अपनाएर धार्मिक गतिविधी गर्न आग्रह गर्नुभयो । चितवन, तनहुँ र नवलपुरको संगमस्थल हो देवघाट । शिवरात्रीको दिन त्रिशुली र गण्डकीको संगम देवघाट वेणिमा स्नान गर्ने र शिव मन्दिर लगायतका मठ मन्दिरहरुमा आगोको धुनी जगाई भजन कीर्तन गर्ने परम्परा छ । देवघाटमा सिद्धेश्वर महादेव मन्दिर,विन्देश्वर महादेव मन्दिर लगायतका आधा दर्जन शिव मन्दिर छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*