चितवनको अध्यक्षमा परियार, सचिवमा पोखरेल चयन
चितवन \ प्रचण्ड-नेपाल समुह नेकपा चितवन अध्यक्षमा यम बहादुर परियार र सचिवमा कृष्ण भक्त पोखरेल चयन भएका छन।
नेकपा प्रचण्ड-नेपाल समुहले आज देशका ६८ जिल्लाको नेतृत्व टुङ्गो लगाएसँगै चितवनको अध्यक्षको जिम्मेवारी परियार र सचिवको जिम्मेवारी पोखरेललाई दिइएको हो ।
प्रचण्ड-नेपाल समुहले गरेको भागवण्डा अनुसार ३५ जिल्लामा पूर्वमाओवादी पक्षले नेतृत्व पाएको छ भने ३३ जिल्लामा पूर्व एमाले (माधव नेपाल)पक्षधरले नेतृत्व पाएको छ।