सन्की प्रधानमन्त्री ओलीले नेपाललाई अस्तव्यस्त बनाए :नेता थापा

संवाददाता
३ फाल्गुन २०७७, सोमबार १७:२४

चितवन \  नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक काम गरेकोले त्यो पहिले सच्याउनुपर्ने बताएका छन् । ‘प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीभन्दा पनि सन्की प्रधानमन्त्री अस्तव्यस्त नेपाल बनाए उनले भने,ल चुनाव हुन्छ कि हुन्न भनेर कांग्रेस अलमलमा नपरौँ, प्रतिनिधि सभा पुनर्स्थापना भएपछि पुनर्स्थापित संसदले देशलाई चुनावतर्फ लैजानेछ । ‘

चितवनमा आज आयोजित विरोध सभामा थापाले प्रधानमन्त्रीसँग अदालत डराउन नहुने बताए । नेपाली कांग्रेस चितवनले भरतपुरमा आयोजना गरेको विरोधसभामा बोल्दै नेता थापाले कसैको प्रभावमा नपरि निर्णय गर्न अदालतलाई सुझाव दिए ।
“मेरो अदालत यो प्रधानमन्त्रीसँग नडराओस्, अदालतले हिम्मत गरोस्”, उनले भने, “कसैको आमसभा, विरोध सभा नहेरोस्, संविधानको धारामात्रै हेरोस् ।” नेकपाले अस्तव्यस्त बनाएर देशलाई भिडन्तमा लैजान खोजको आरोप लगाए ।

आफ्नै नेताहरुले एकअर्कालाई गाली गरेको देखेर नेकपा कार्यकर्ता विक्षिप्त बनेको दावी गरेका छन् । कसले धेरै खायो कसले खान पाएन भन्दै लडेर करिब दुई तिहाई मत लाई नै संकटमा धकेलेको जीकिर गर्नुभएको छ । वर्तमान सरकारले चुनाव गर्नै नसक्ने बताए । “संसद पुर्नस्थापना हुन्छ, पुर्नस्थापित संसदलेमात्रै देशलाई चुनावमा लैजान्छ”, उनले भने, “देशलाई संकटबाट कांग्रेसलेनै बचाउँछ, हामी सम्हाल्छौँ ।”
प्रचण्ड–नेपाल समूहले संयुक्त आन्दोलमा आउन गरेको आग्रहलाई इंगित गर्दै उनले भने, -फेरि कांग्रेस मैदानमा आउनुपर्छ भनेछन्, तर ३ वर्ष पहिले यही चितवनमै आएर कांग्रेस चाहिदैन भनेको भुलेका छैनौँ ।बहुमत प्राप्त गरेको प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकारै नभएको जिकिर गरे । नेता थापाले संसद विघटनलाई संविधानको विघटनका रुपमा चित्रण गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*