चितवन अटो मेकानिकल व्यवसायी संघको अध्यक्षमा पाण्डे
चितवन \ चितवन अटो मेकानिकल व्यवसायी संघको अध्यक्षमा प्रेमप्रसाद पाण्डे निर्वाचित भएका छन् ।
संघको शनिबार भएको २० औं वार्षिक साधारणसभा तथा दशौं अधिवेशनबाट पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै संघको वरिष्ठ उपाध्यक्षमा योगराज ढकाल, प्रथम उपाध्यक्षमा डिल्लीराम महतो थारु, द्धितीय उपाध्यक्षमा प्रेमनारायण न्यौपाने, महासचिवमा प्रकाश पाठक, सह–सचिवमा अनन्तराज भण्डारी, कोषाध्यक्षमा कमलप्रसाद उपाध्याय र सह–कोषाध्यक्षमा उपेन्द्रह शाह निर्वाचित भएका छन् ।
यसैगरि सदस्यहरुमा जीवन घताने, अर्जुन कुमार श्रेष्ठ, भीमबहादुर तामाङ, राजकुमार राउत, अनुपबाबु सुवेदी, सूर्यप्रसाद भट्टराई र अबजल अहमद निर्वाचित भएका छन् । नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको रहने छ ।