कुखुराको दानाको कच्चा पदार्थमा लाग्ने कर छुट गराउन दवाव दिन्छौ : अध्यक्ष खनाल

संवाददाता
२५ पुष २०७७, शनिबार १८:३२

चितवन \  नेपाल दाना उद्योग संघको चितवन शाखामा पुनः बालचन्द्र खनाल निर्विरोध निर्वाचित भएका छन् । शाखाको १६ औं बार्षिक साधारण सभाले खनालको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा विनोद पोखरेल, सचिवमा ओमप्रकाश तिवारी, कोषाध्यक्षमा युवराज पाठक र सदस्यमा लीलाबल्लभ चापागाई, बुद्धिप्रसाद अधिकारी, रामचन्द्र अधिकारी, शिव पौडेल र निराजन खनाल रहेका छन्। ।

नेपाल दाना उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शङ्करप्रसाद कँडेलको नेतृत्वमा गठित ३ सदस्यीय निर्वाचन समितिले २ बर्षे कार्यकालको लागि खनालको नेतृत्वमा ९ सदस्यीय टोलीको टुंगो लगाएको हो ।

पुनः निर्वाचित भएपछी अध्यक्ष बालचन्द्र खनालले उत्पादित बस्तुको उचित बजारीकरण गरि दाना उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको कर छुटका लागि अथक प्रयास गर्ने बताए । उनका अनुसार खुल्ला सिमानाका कारण बढेको अबैध आयातको कारण थप समस्या परेको छ ।  उनले प्रतिस्पर्धात्मक मूल्य निर्धारणमा आफुले काम गर्ने प्रतिवद्दता जनाए । सरकारले लागत मूल्य घटाउन पर्नेमा उल्टै व्यवसायी उद्योगीलाई मर्कामा पर्ने गरि काम गर्ने गरेको उनको गुनासो छ ।

साधारणसभामा सङ्घका केन्द्रीय अध्यक्ष रविन पुरीले कच्चा पदार्थमा विदेशी निर्भरता हटाउनुपर्ने बताए। उनले सरकारले लगाएको कृषि सुधार शुल्क हटाउनुपर्नेमा जोड दिए । सो अवसरमा नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष नारायणहरि खत्री र टीकाराम पोखरेलले लागत मूल्य बढी हुँदा चल्ला, अण्डा र मासुको मूल्य बढी भएको गुनसो गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*