नारायणी किनारमा हुने भो ‘सी बीच’ मोडलको विकास, टेण्डर समेत आब्हान

संवाददाता
२४ मंसिर २०७७, बुधबार १३:४६

चितवन \ चितवनको नारायाणी नदी किनार अन्तत ‘सी बीच’ मोडलको रुपमा विकास हुने पक्का भएको छ । भरतपुर महानगरपालिकाले एकपछि अर्को गदै विकास लहर ल्याउने क्रममा महानगरकै गौरव आयोजनाको रुपमा सी बीच’ मोडल अगाडी ल्याईएको छ । देशकै मध्य भागमा पर्ने नारायणी नदी किनारलाई पर्यटकीय आर्कषक गन्तव्यको रुपमा समेत विकास गर्ने योजना अनुसार

नदी किनारलाई ‘सी बीच’ मोडलमा विकास गर्न लागेको मेयर रेनु दाहालले जानकारी दिईन् । लामो समयदेखि कसरत पुरा भएको छ, मेयर रेनु दाहालले भनिन् हामी एकपछि अर्को गदै भरतपुरको विकासमा ‘सी बीच’ मोडल ल्याएका हौँं । जसले महानगरकै मात्र नभई चितवनकै गौरव बढाउने विश्वास व्यक्त गरिन् ।

पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले महानगरको गुरुयोजना अनुसार प्रारम्भिक चरणको कामका लागि आज बुधबार टेण्डर आब्हान समेत गराएको छ । झण्डै ६ करोड रुपैयाँ लागतमा डेढ बर्षभित्र काम सम्पन्न गर्ने टेण्डर आब्हान गरिएको छ । जहाँ २ हजार ४ सय मिटर पैदल मार्ग, २ ठाँउमा पार्किङ स्थल र गार्डेनिङ बनाईनेछ । नारायण नदी किनारको लागि महानगरले यसअघि नै २३ करोडको लागत सहितको गुरुयोजना निर्माण गरेकोे थियो ।

गतबर्ष महानगरपालिकाले करिब १ करोडको लागतमा नदि किनारमा टायल बिछ्याउने काम गरिसकेको छ । यस्तै नारायणी नदी किनारमै रिगंरोडसहितको तटबन्धनको काम समेत चलिरहेको छ । पछिल्लो समयमा नारायणी नदी किनारमा मानिसहरुको भिड लाग्ने गर्दछ । विभिन्न ठाँउ मोटर वोट सयर गर्दै रमाउनेहरुको संख्या पनि उतिकै छ । यस थप पर्यटक बढाउने महानगरले विश्वास लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*