अस्पताल नपुग्दै भरतपुरका कोरोना संक्रमितको मृत्यु

संवाददाता
१२ मंसिर २०७७, शुक्रबार १७:३०

चितवन \ चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका -१७ का ५१ वर्षिय कोरोना संक्रमित पुरुषलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई चितवन मेडिकल कलेजमा हिजो विहीबार राती ८ स् २७ मा उपचारका लागि लागिएको थियो ।

परिक्षणको क्रममा अस्पतालमा आउनु पूर्व नै बिरामीको मृत्यु भइसकेको अस्पतालका निर्देशक डा।दयाराम लम्सालले जानकारी दिए ।मृतक पुरुषलाई यहि मंसिर १० गते कोरोना पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*