पाण्डेविरुद्धको नाराबाजीको छानबिन गर्न नेकपा चितवनको माग

संवाददाता
७ मंसिर २०७७, आईतवार १७:१८

 चितवन \ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले चितवनको राप्ती नगरपालिकामा नेता सुरेन्द्र पाण्डेविरुद्ध नारावाजी भएको घटनाको छानविन गर्न माग गरेको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै स्थायी कमिटी सदस्य एवं चितवन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पाण्डे उपस्थित कार्यक्रममा नारावाजी भएको घटनाको छानबिन गर्न माग गरिएको छ । पार्टी अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले विज्ञप्ति जारी गर्दै यसको छानविनको माग गरेका छन् ।

पार्टी नगर कमिटीको औपचारिक बैठक बसिरहेको अवस्थामा र राप्ती नगरभित्रको विकास निर्माणसम्बन्धी छलफलमा अभद्र व्यवहार गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*