मकवानपुरका कोरोना संक्रमितको चितवनमा मृत्यु

संवाददाता
१ मंसिर २०७७, सोमबार १८:४३

चितवन \  मकवापुरका एकजना कोरोना संक्रमित पुरूषको उपचारका क्रममा चितवनको भरतपुरमा मृत्यु भएको छ ।

हैटौंडा उपमहानगरपालिका -४ का ५४ वर्षीय पुरूषको भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । सोमबार नै कोरोना संक्रमण पुष्टि भएका उनलाई ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या देखिएपछि अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो ।

यसअघि, आइतबार साँझ पनि मकवानपुर बकैया- ७ का ६० वर्षीय कोरोना संक्रमित पुरूषको भरतपुर अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*