चितवनमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघ्यो, मृतकको संख्या ७३ पुग्यो
चितवनमा \ कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या पाँच हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय भरतपुरका अनुसार आइतबार अपरान्हसम्ममा संक्रमितको संख्या पाँच हजार १० पुगेको छ । जसमध्ये पुरुष तीन हजार छन् भने महिला २ हजार १० जना छन्, ।
जिल्लामा सबैभन्दा धेरै संक्रमितको संख्या भरतपुर महानगरपालिकामा रहेको छ । महानगरमा संक्रमितको संख्या तीन हजार ४६० रहेको छ । जसमध्ये २ हजार १८ जना पुरुष र एक हजार ४४२ जना महिला रहेका छन्, ।
यसैगरि खैरहनी नगरपालिकामा संक्रमितको संख्या ६२८ रहेको छ । जसमध्ये ३८३ जना पुरुष र २४५ जना महिला रहेका छन्, ।
त्यस्तै खैरहनी नगरपालिकामा संक्रमितको संख्या ३५५ रहेको छ । जसमा २२९ जना पुरुष र १२६ जना महिला रहेका छन्, । यसैगरि राप्ती नगरपालिकामा संक्रमितको संख्या २८५ पुगेको छ । यहाँ १८७ जना संक्रमित पुरुष छन् भने ९८ जना महिला रहेका छन्, ।
त्यसैगरि पूर्वी चितवनको कालिका नगरपालिकामा संक्रमितको संख्या १४९ पुगेको छ । यहाँ ८४ जना पुरुष र ६५ जना महिला संक्रमित छन्, ।
यस्तै सुरुवाती चरणमा धेरै संक्रमित फेला परेको माडी नगरपालिकामा अहिले संक्रमणदर निकै घटेको छ । माडीमा हालसम्म १०२ जना मात्रै संक्रमित छन्, । यहाँ ७८ जना पुरुष र २४ जना महिलामा संक्रमण फेला परेका छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा सबैभन्दा कम संक्रमित फेला परेका छन्, । यहाँ हालसम्म संक्रमितको संख्या जम्मा ३१ रहेको छ । जसमध्ये २१ जना पुरुष र १० जना महिला छन्, ।