भरतपुर महानगरले दियो धुर्मुस सुन्तली फाउण्डेशनलाई थप २ करोड

संवाददाता
२१ कार्तिक २०७७, शुक्रबार १८:०९

चितवन \ गौतम बुद्ध अन्तराष्ट्रिय किृकेट रंगशाला निर्माणका लागी भरतपुर महानगरपालिका बाट आज थप २ करोड सहयोग धुर्मुस सुन्तलि फाउन्डेसन लाई हस्तान्तरण गरियो । केहि समयअगाडी पनि २ करोड गरी कुल ४ करोड यस आर्थिक बर्षमा महानगर बाट प्रदान भएको छ।

चितवन स् भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई थप २ करोड प्रदान गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई २ करोड रूपयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । केहि समयअगाडी पनि २ करोड गरी कुल ४ करोड यस आर्थिक बर्षमा महानगर बाट प्रदान भएको छ। भरतपुर महानगरपालिकाले आन्तरिक श्रोतबाट विनियोजित कुल चार करोड रुपैयाँ प्रदान गरिएको हो ।

महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेसनले सन्तोषजनक ढंगले रंगशाला निर्माणको काम अगाडि बढाइरहेकोमा फाउण्डेसनलाई धन्यवाद दिँदै अन्य रकम पनि आवश्यकता र कार्य प्रगतिका आधारमा निकासा गरिँदै जाने बताइन् । उनले रंगशाला निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाउन आग्रह गर्दै संघ, प्रदेश र अन्य निकायहरूले गर्ने आर्थिक सहयोगका लागि पनि आफूले आवश्यक समन्वय र सहजीकरण गरिरहेको बताइन् ।

फाउण्डेसनका अध्यक्ष कट्टेलले पुनः २ करोड रुपैयाँको चेक महानगरले प्रदान गरेकोमा महानगर प्रमुख रेनु दाहाललाई धन्यवाद दिँदै निर्माण कार्यले थप गति लिने बताए । उनले अन्य रकमको बारेमा आवश्यक समन्वय र सहजीकरण गरिदिन समेत आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*