चितवनमा हेटौंडाका ११ जनामा कोरोना पुष्टि
हेटौँडा \ हेटौँडा उपमहानगरपालिकाका थप ११ जनामा कोरोना पुष्टि भएको छ।
चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा हेटौँडा उपमहानगरपालिका भित्रका ११ जनामा कोरोना पुष्टि भएको हो।
कोरोना पुष्टि हुनेमा हेटौँडा वडा नम्बर २, ४,५,६,७,८,११ र १४ का ८ पुरूष र ३ महिला गरी ११ जनामा रहेका छन् ।