चितवनमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

संवाददाता
१४ कार्तिक २०७७, शुक्रबार १७:१३

चितवनमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । एक जना चितवनका र अर्का रुपन्देहीका पुरुषको मृत्यु भएको हो । चितवनको रत्ननगरपालिका वडा नम्बर ९ का ८८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका प्रेस संयोजक डाक्टर किशोर अधिकारीले जानकारी दिए । उच्च रक्तचाप र मधुमेहको समस्याबाट पीडित उनको स्वाव परीक्षण गर्दा १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कोभिड आईसियु कक्षमा उपचार भइरहेको थियो ।

यसैगरी, रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का ८४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ज्वरो, उच्चरक्तचाप र श्वास प्रश्वासको समस्याबाट पिडित उनको गएराति चितवनमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*