चितवनमा थप ३७ र मकवानपुरमा ४२ जनामा कोरोना पुष्टि

संवाददाता
१३ कार्तिक २०७७, बिहीबार १०:३६

खबर बाकस \ चितवनमा आज थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएका ७२ नमूना मध्ये ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी सधै जस्तै अस्पतालको आधिकारिक फेसबुक पेज मार्फत गराईएको छ।

भरतपुर अस्पताल प्रयोगशाला प्रमुख डा.नितु अधिकारीका अनुसार संक्रमण हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिका भित्रका रहेका छन् । भरतपुरका १३ जना पुरुष र ६ जना महिला गरी १९ जनामा संक्रमण पुष्टि भएको छ भने खैरहनीका २ पुरुष र रत्ननगर नगरपालीकाकी १ महिला संक्रमित भएकी छन् ।

उता, मकवानपुरमा विहीबार थप ४२ जनामा कोरोना पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा ४२ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो । कोरोना पुष्टि हुनेमा १९ जना महिला र २३ पुरुष रहेका छन्, ।

कोरोना पुष्टि हुनेमा हेटौंडा उपमहानगर ४१ जना रहेका छन्, । त्यस्तै मकवानपुरगढी गाउँपालिकाका १ जना रहेका छन्। उनीहरुको १२ गते स्वाब संकलन गरिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*