चितवनमा कोरोना संक्रमितको संख्या बढ्दो, थप दुई जनाको निधन

संवाददाता
११ कार्तिक २०७७, मंगलवार १८:३८

चितवनमा कोभिड–१९ संक्रमितको संख्या सोमबार साँझसम्म संक्रमितको संख्या ३ हजार ९४७ पुगेको भरतपुर अस्पतालले जनाएको छ। कुल संक्रमित मध्ये एक हजार तीन सय ४६ जना होम आइसोलेसनमा रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो। संक्रमित मध्ये सबै भन्दा बढि भरतपुर महानगरपालिकामा २ हजार ६६७ जना, रत्ननगर नगरपालिकामा ५०२ र खैरहनी नगरपालिकामा २८७ जना रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट चितवनका ५० जनाको मृत्यु भइसकेको छ ।

आज गोरखा जिल्ला, बारपाक सुलिकोट गा.पा. १ बस्ने १९ वर्षीय महिला COVID-19 संक्रमण को कारणले निधन भएको भरतपुर अस्पतालले जनाएको छ। यसअघि गएराती, सोहि अस्पतालमा उपचाररत थप एक जना ५६ बर्षिय संक्रमित पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको छ ।उनि लामो समयदेखि मुटु र मिर्गौलाको बिरामी थिए । हालसम्म कोरोना संक्रमणबाट चितवनका ५० जनाको मृत्यु भइसकेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*