चितवनमा कोरोना सङ्क्रमित थप दुईको निधन

चितवनमा थप १४६ र मकवानपुरमा ६७ जनामा कोरोना पुष्टि
संवाददाता
९ कार्तिक २०७७, आईतवार १६:५२

खबर बाकस \कोभिड–१९ को सङ्क्रमणबाट चितवनमा थप दुई सङ्क्रमितको निधन भएको छ । चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ती सङ्क्रमितको कोरोनाबाट मृत्यु भएको  हो ।

आइतबार चितवन मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीका ४८ वर्षीय पुरुष सङ्क्रमितको मृत्यु भएको हो । निमोनियाका बिरामी उनलाई कात्तिक ४ गते अस्पताल भर्ना गरिएकोमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । ती पुरुषमा कात्तिक ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।यस्तै चितवनकै पुरानो मेडिकल कलेजमा कोरोना सङ्क्रमित रौतहटकी महिलाको मृत्यु भएको हो । चन्द्रनिगाहापुर नगरपालिका–१ की ७७ वर्षीया वृद्धामा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । निमोनियाका कारण उनलाई कात्तिक ८ गते अस्पताल भर्ना गरिएको  ती वृद्धाको शनिबार साँझ मृत्यु भएको हो ।

यसैबिच, चितवनमा ३ बर्षे बालकसहित थप १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा चितवनका १ सय २ जनासहित १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उता, मकवानपुरमा थप ६७ जनामा कोरोना पुष्टि भएको छ । आइतबार सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप ६७ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*