चितवनमा थप तीन कोरोना सङ्क्रमितहरुको निधन
चितवनमा उपचारका क्रममा रहेका तीन कोरोना सङ्क्रमितहरुको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा दुई र भरतपुर अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको सम्बंधित अस्पातालहरुले जानकारी गराएका छन।
चितवन मेडिकल कलेजमा मृत्यु हुनेमा ८४ वर्षीया महिला र ७० वर्षीय पुरुष रहेको कलेजले जनाएको छ । राप्ती नगरपालिका–५ निवासी ८४ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । कात्तिक ५ गते श्वासप्रश्वास र उच्च ज्वरोको समस्या भई अस्पताल भर्ना भएकी उनमा ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उच्च रक्तचाप, बाथ रोग र निमोनियाको समेत समस्या रहेकी उनलाई सघन उपचार कक्षमा उपचार गरिएको थियो ।
त्यसैगरी, भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–७ का ५७ वर्षीय पुरुषको गएराती मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो।उनि असोज २६ गते कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका र यहि कात्तिक ६ गते सङ्क्रमण सहित ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका अस्पतालले जनाएको छ ।