भरतपुर महानगरपालिकाको मेयर काङ्ग्रेसले पाउनु पर्ने भन्दै चितवनका नेताहरू केन्द्रमा

संवाददाता
२४ चैत्र २०७८, बिहीबार १३:१४

चितवन / भरतपुर महानगरपालिकाको  मेयर पदमा नेपाली काङ्ग्रेसले उमेदवारी दाबि नछाड्ने भन्दै जिल्ला नेताहरू केन्द्रमा पुगेका छन। चितवन काङ्ग्रेसका जिल्ला सभापति राजेश्वर खनालको नेतृत्वमा गएको जिल्ला नेताहरुको समुहले काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसंग भेट गरी भरतपुरको मेयर काङ्ग्रेसले छाड्न नहुने पक्षमा लबिङ गरेका छन। भेटमा वरिष्ठ नेता पौडेलले यसबारेमा पार्टीमा आफुले कुरा राख्ने र सकेसम्म भरतपुरमा काङ्ग्रेसलेनै मेयर पाउने बिचार राखेको जिल्ला सभापति खनालले बताए ।खनालका अनुसार आजै पार्टी केन्द्रिय कार्यालय पनि यस बिषयमा कुरा राखिने छ।

 

लबिङको लागि खनाल सहित चितवन काङ्ग्रेसका निबर्तामान सभापति जितनारायण श्रेष्ठ ,केन्द्रिय सदस्य टेक प्रसाद गुरुङ ,दिनेश कोइराला र पुर्ब सांसद जगन्नाथ पौडेल पौडेल निवास पुगेका हुन । माओवादीले भरतपुरमा मेयर आफ्नो हुने दाबी गरिरहँदा काङ्ग्रेसका जिल्ला नेताहरु भरतपुरको मेयरको बिषयलाइ लिएर काठमाडौ पुगी दबाव बढ़ाएका हुन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*