हेटौंडामा जारी दुईदिने बृहत साहित्य महोत्सव सम्पन्न

संवाददाता
२४ फाल्गुन २०७८, मंगलवार १५:०१

हेटौंडा \ बागमती प्रदेशको राजधानी हेटौंडामा फागुन २१ गतेबाट जारी बृहत साहित्य महोत्सव सोमबार सम्पन्न भएको छ ।

मकवानपुरे महिला साहित्यकारको एकमात्र संस्था आँचल साहित्य कला पुञ्जको आयोजनामा जारी बृहत साहित्य महोत्सवलाई हेटौंडा उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको थियो। महोत्सवको पहिलो दिन  “साहित्यमा राजनीति’ विषयमाथि बहस   त्यसैगरी ‘भाषिक दृश्टिले साहित्यमा नारी’ विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

महोत्सवको बहसमा घनश्याम घिमिरे र वरिष्ठ पत्रकार ठाकुर बेलवासेले सहजीकरण गरेका थिए भने साहित्यकार ज्ञानु अधिकारीले कार्यपत्र प्रस्तुत गरेकि थिइन् । उक्त कार्यक्रममा मकवानपुरसहित देशभरका ४० जना साहित्यकारले गजल तथा मुक्तक वाचन गरेका थिए ।
महोत्सवको दोस्रो दिन बिहान हेटौंडामा साइकल संरचनाको सम्भावना विषयमा अन्र्तक्रिया भएको थियो ।

उक्त कार्यक्रम आँचल र हिमालयन राईडर्स सोसाइटी मकवानपुरको आयोजनामा भएको थियो । यस्तै दोस्रो दिनको दोस्रो कार्यक्रम मकवानपुरको पर्यटकीय स्थल गुम्बा डाँडामा आयोजना गरिएको थियो ।  ‘मकवानपुरको साहित्यिक महक’ विषयको बहसमा साहित्यकार तारालाल श्रेष्ठ, विना थिङ र सञ्जय साह बहसकर्ता र सुवास खनाल सहजकर्ता रहेका थिए । उक्त कार्यक्रममा मकवानपुरको साहित्यको विगत र वर्तमानका विषयमा छलफल भएको थियो ।

महोत्सवमा मकवानपुरबाट प्रकाशित पुस्तकहरुको प्रर्दशनी, चित्रकार तथा साहित्यकार ऋषि केबी र ऋतिक केबीले बनाएको चिकला प्रर्दशनी गरिएको थियो । यस्तै महोत्सवमा मकवानपुरका महिलाहरुले उत्पादन गरेको हस्तकलाका सामाग्रीहरु पनि प्रर्दशनीमा राखिएको आँचलकी अध्यक्ष अनिता न्यौपानले बताईन् ।कार्यक्रममा मकवानपुरका साहित्यक संघसंस्था, जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघसंस्थाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*