चितवनमा गोबरमल खरिदमा किसानलाई ५० प्रतिशत अनुदान

संवाददाता
३ फाल्गुन २०७८, मंगलवार १७:४४

चितवन \  चितवनको रत्ननगर नगरपालिकाले गोबरमल खरिदमा किसानलाई ५० प्रतिशत अनुदान दिएको छ ।

रासायनिक मलको प्रयोग कम गर्दै किसानलाई प्राङ्गारिक खेतीतर्फ आर्कषित गराउन अनुदान दिएको नगरपालिकाले जनाएको छ । त्यसको लागि नगरपालिकाले ५० लाख रुपैया विनियोजन गरेको छ ।

एक टेलर मलको ३ हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्म खरिदविक्री हुँदैआएको छ । सो नगरपालिकाले एक टेलर मल खरिदमा एक हजार ५ सय रुपैयाँ उपलब्ध गराउने छ । एक विघा जग्गा क्षेत्रफल हुने किसानले चार टेलरको अनुदान पाउने छन।

एक विघा जग्गाको लागि गोबर मल खरिद गर्न किसानले ६ हजार रुपैया अनुदान रकम पाउन नगरापालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*