एमाले महाधिवेशन आजदेखि बन्द सत्रको कार्यक्रम सुरु हुँदै

उम्मेदवारी आज दर्ता, भोली निर्वाचन
संवाददाता
११ मंसिर २०७८, शनिबार ०८:२८

चितवन \  नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरु हुँदैछ । बन्द सत्रको कार्यक्रम चितवनको सौराहामा बिहान साढे आठ बजेदेखि सुरु हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

बन्द सत्रमा विधान संशोधनको विषयमा छलफल नगर्ने निर्णय गरेको एमालेले पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेपछि यसलाई पारित गर्न पुन: विधान संशोधनको विषयमा पनि छलफल गर्ने भएको छ ।

यस्तै, आज नै बेलुका ६ बजेसम्म उम्मेदवारी दर्ता, दाबी विरोध र फिर्ताको समय रहेको निर्वाचन समितिले बनाएको छ । आजै बेलुका साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । भोलि मतदान गर्ने कार्यक्रम तय भएको छ ।

एमालेको अध्यक्षमा केपी शर्मा ओलीलाई सर्वसम्मत बनाउने तयारी भए पनि उपाध्यक्ष भीम रावलले पनि उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । रावलले हिजो राति पत्रकार सम्मेलन गरेर आफूले उम्मेदवारी फिर्ता नलिने बताउनुभएको छ ।

वरिष्ठ उपाध्यक्षसहितका पदमा पनि सहमति जुटाउने प्रयास भइरहेको छ, तर अहिलेसम्म टुङ्गो लागेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*