चितवनमा थप १८१ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

चितवन \ चितवनमा पछिल्लो २४ घण्टामा थप १८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा ९१ जना, चितवन मेडिकल कलेजमा ४४ जना, पुरानो मेडिकल कलेजमा ११ जना, बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा ७ जना ,अन्य अस्पतालमा २० जना, भरतपुर महानगरपालिकामा ३ जना, माडी नगरपालिकामा २ जना र कालिका नगरपालिकामा ३ जना गरी जिल्लामा थप १८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
यस्तै चितवनमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरका २ जना, चितवन र रुपन्देहीका १/१ जना रहेका छन् ।
चितवनमा आईसीयूमा ६५ जना, भेन्टिलेटरमा २२ जना, एचडीयूमा ३१ जना र जेनरल बेडमा ८५ जना रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ३६ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।