चितवनमा थप २५३ जनामा कोरोना पुष्टि, १० को मृत्यु
चितवन \ चितवनमा पछिल्लो २४ घण्टामा थप २५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा ११६ जना, चितवन मेडिकल कलेजमा ६४ जना, पुरानो मेडिकल कलेजमा २४ जना, बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा ५ जना ,अन्य अस्पतालमा २५ जना, भरतपुर महानगरपालिकामा १० जना, रत्ननगर नगरपालिकामा ३ जना र कालिका नगरपालिकामा ६ जना गरि जिल्लामा थप २५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
यस्तै चितवनमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा दुई जना, चितवन मेडिकल कलेजमा सात जना र पुरानो मेडिकल कलेजमा एक जना गरी १० जनाको मृत्यु भएको भएको कार्यालयले जनाएको छ । चितवनमा ५ जना, नवलपुरको ३ जना, गोरखा र मकवानपुरको १/१ जना जना गरि १० जनाको मृत्यु भएको हो ।