चितवनमा थप ३ संक्रमितको मृत्यु, २११ जना उपचाररत
चितवन \ चितवनमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको ज्यान गएको छ । भरतपुर अस्पतालमा १ जना, चितवन मेडिकल कलेजमा १ जना र पुरानो मेडिकल कलेजमा १ जना गरी जिल्लामा ३ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । जसमा दुई जना चितवनका र एक जना जिल्ला बाहिरका रहेका छन् ।
चितवनका विभिन्न अस्पतालमा २११ जना कोरोना संक्रमितको उपचार गराइरहेका छन् । जसमा आईसीयूमा ६५ जना, भेन्टिलेटरमा १३ जना, एचडीयूमा ५१ जना र जेनरल बेडमा ९५ जना रहेका छन् । त्यसैगरी विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट २७ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।