बकर इद: भोली सार्वजानिक विदा

हेटौंडा \ सरकारले भोली साउन ६ गते सार्वजनिक बिदा दिएको छ। साउन ६ गते मुस्लिम समुदायको बकर इद परेकोले सरकारले सार्वजनिक बिदा दिएको हो।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । केही दिन अघी नेपाल मुश्लिम संघले बकर इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएका थिए ।