चितवनमा १११ संक्रमित थपिए, २११ अस्पतालमा
चितवन \ चितवनमा आज कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार मृतक दुई जना नै चितवन जिल्लाकै हुन् । दुवै जनाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो ।
चितवनका विभिन्न अस्पतालमा २११ जना कोरोना संक्रमित बिरामीहरु उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ६५ जना, भेन्टिलेटरमा १४ जना, एचडीयूमा ४९ जना र जेनरल बेडमा ९७ जनाको उपचार भइरहेको छ ।
त्यस्तै चितवनमा विगत २४ घण्टामा विभिन्न अस्पतालबाट २८ जना डिस्चार्ज भएका छन् । आज चितवनमा १११ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा ८३ जना, खैरहनी नगरपालिकामा ६ जना, माडी नगरपालिकामा ५ जना, रत्ननगर नगरपालिकामा ६ जना, राप्ती नगरपालिकामा २ जना, कालिका नगरपालिकामा ८ जना र इच्छाकामनामा १ जना रहेका छन् ।
योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ४५० पुगेको छ । जसमा घरमा आइसोलेसनमा एक हजार ३२३ जना, अस्पतालको आइसोलेसनमा १०१ जना र सार्वजनिक आइसोलेसनमा २६ जना रहेका छन् । आज दुई जनाको मृत्यु भएसँगै चितवनमा कोरोना संक्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या २९३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।