काँग्रेसका नेता जगन्नाथ पौडेलले भरतपुर महानगर प्रमुखमा बागी उमेदवारी दिने पक्का

संवाददाता
१२ बैशाख २०७९, सोमबार ००:०५

चितवन/ नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद जगन्नाथ पौडेलले सोमबार दिउँसो २ बजे भरतपुरको मेयरमा उमेदवारी दर्ता गराउने भएका छन । चौबिसकोठीमा भेला भई चार तारे झण्डासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गई पौडेलले उमेदवारी दर्ता गराउनेछन ।

उमेदवारी दर्ताका बेला उल्लेख्य मात्रामा पार्टीका असन्तुष्ट नेता कार्यकर्ता उपस्थित गराउने बुझिएको छ । असन्तुष्ट समुहका नेता कृष्णलाल सापकोटाले हजारौको संख्यामा समर्थकहरुको उपस्थिति रहने बताएका छन ।

उमेदवारी दर्तापछि कार्वाही भएपनि कुनै चिन्ता नरहेको प्रस्तावित उमेदवार पौडेलले उद्घोष गरिसकेका छन । उमेदवारी दर्तासंगै एउटा उचित चुनाब चिह्न लिने र चार तारे झण्डासहित २९ वटै वडाका काँग्रेसीसामु जाने पौडेलको तयारी छ ।

पौडेलको प्रस्तावक र समर्थकमा प्रभावशाली नेताहरु राख्ने तयारी भएको बुझिएको छ । पौडेलले कसैको दबाब र प्रभाबमा परेर उमेदवारी फिर्ता नलिने सार्बजनिक उद्घोष नै गरिसकेका छन ।

पौडेल पूर्व सांसद एवं भरतपुरका पूर्व उपमेयर समेत हुन ।खबर निशाना खबरमा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*